समूह विजेता बन्न मलेसियासँग भिड्दै नेपाल

समूह विजेता बन्न मलेसियासँग भिड्दै नेपाल


मलेसियामा जारी एसिसी मेन्स यू-१६ ईस्ट रिजनको दोस्रो खेलमा आज नेपालले मलेसियासँग खेल्दैछ।  मलेसियाको बांगीमा रहेको बायोमास ओभल क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार शुक्रबार बिहान सवा ७ मा सुरु हुनेछ। 

बुधबार भएको आफ्नो पहिलो खेलमा थाईल्यान्डलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ।  मंगलबार नै थाईल्यान्डलाई पराजित गरेको मलेसियाले पनि सेमिफाइनलमा स्थान बनाईसकेको छ।

नेपालले २ सय २५ तथा मलेसियाले १ सय १८ रनको जित हात पारेका थिए। शुक्रबार हुने खेलको विजेता टोली समूह ए को विजेता बन्नेछ। पराजित टोलीले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउने छन्। 

Logo