२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै

२ करोड बढी मूल्यको प्रिमियम इलेक्ट्रिक एसयूभी नेपाल भित्रिदै


नेपाली बजारमा पहिलो पटक बीएमडब्ल्युको इलेक्ट्रिक कार आईएक्स३ भित्रिने भएको छ। नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले सो इलेक्ट्रिक एसयूभी भित्र्याउने भएको हो।

यसै अनुसार नेपाली बजारमा उपलब्ध भएमा बीएमडब्ल्युको इलेक्ट्रिक कारले पनि हाल बजारमा उपलब्ध अन्य ब्रान्ड भन्दा फरक पहिचान कायम गर्नेछ। यद्यपि यसको फिचर र मूल्यको वारेमा भने कम्पनीले आधिकारिक रुपमा केही जानकारी दिएको छैन। नेपाली बजारमा बीएमडब्ल्यु आईएक्स३ को एम स्पोर्ट्स भेरिएन्ट उपलब्ध हुनेछ।

बीएमडब्ल्युका अन्य कारहरु समेत प्रिमियम मूल्यमा उपलब्ध छन्। नेपाली बजारमा पहिले देखि नै करोड हाराहारी मूल्यमा उपलब्ध बीएमडब्ल्यु कारले अन्य ब्रान्डको तुलनामा फरक पहिचान कायम गरेका छन्।

बीएमडब्ल्यु आईएक्स३ मा २१० किलोवाटको मोटर हुनेछ। यसमा ८० किलोवाट आवरको ब्याट्री हुनेछ, जसले सिंगल चार्जमा ४६० किलोमिटर सम्मको रेन्ज दिनेछ। यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिन्छ।

यसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ। १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ६.८ सेकेन्डमै लिन सक्छ।

गाडीमा विभिन्न आकर्षक फिचर र प्रविधि प्रयोग गरिएको छ । यसको वाहिरी भागमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट र लोगो तथा बीएमडब्ल्युको पहिचान झल्काउने विभिन्न फिचर छन्।

Logo