महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउन चुनौतीपूर्ण छः नेता केसी

महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउन चुनौतीपूर्ण छः नेता केसी


नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले महालेखा परीक्षकको कार्यालयलाई सशक्त र निष्पक्ष बनाउन चुनौतीपूर्ण भएको बताएका छन्। शुक्रबार महालेखा परीक्षकको कार्यालय ६५ औं वार्षिकोत्सव समारोहमा नेता केसीले महालेखालाई प्रभावकारी बनाए यस्ले संस्थागतरुपमापनि ठूलो चुनौतीको सामना गर्नुपर्ने बताएका हुन्। 

उनले भने, ‘महालेखालाई परीक्षकलाई कसरि शसक्त र निष्पक्ष बनाएर अगाडि बढाउन सकिन्छ भन्ने कुरा अत्यन्त चुनौतीको विषय हो। यसले संस्थागत रुपले ठूलो चुनौतीको सामना गर्नुपर्छ।’ नेता केसीले देशमा बेरुजुको अवस्था विकराल बन्दै गएको चर्चा गर्दै विकासका लागि सबैभन्दा ठूलो बाधक पनि यही भएको बताए। 

उनले भने,‘अहिले हामी १७ सय ५१ अर्व बजेटमा ३०५ अर्व मात्र विकासको पुँजीगत खर्चमा खर्च गर्दैछौँ। त्यसमा पनि मलाई लाग्छ १ खर्व जति त त्यो वेरुजु नै हुने हो। अनि त्यो २ खर्वमा ५० प्रतिशत मात्र हुन्छ की हुन्न भन्ने विषय नै सबैभन्दा ठूलो राष्ट्रिय चिन्ता हो।’ 

नेता केसीले सरकारले जुन संस्थामा वेरुजु बढी भएको छ त्यही संस्था अथवा व्यक्तिले निश्चित समय भित्र वेरुजुलाई फर्छयौट नगरे कारवाही गर्ने व्यवस्था गरे वेरुजु कम हुने विश्वास व्यक्त गरे। 

Logo