घरेलु टोली मलेसियालाई हराउँदै नेपाल समूह विजेता

घरेलु टोली मलेसियालाई हराउँदै नेपाल समूह विजेता


नेपाल एसिसी इस्ट जोन कपमा समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा शुक्रबार घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो । 

जितको लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३.५ ओभरमा ९९ रनमा अल आउट भएको हो । मलेसियाका लागि लेसियाका मोहम्मद हैरिलले  सर्वाधिक २५ रन बनाए भने मोहम्मद आलिफले १५ रन जोडे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

मलेसियालाई सस्तैमा समेट्न नेपालका स्पिनर अशोक धामीले सर्वाधिक ४ विकेट लिए भने अभिषेक तिवारीले ३ विकेट, सन्तोष यादवले २ विकेट र कृतिक कामतले एक विकेट लिए ।

May be an image of 2 people and text

त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्का सहित ५२ रनको अर्धशतकीय ईनिङ खेले।  नेपालको १५ रन हुँदा पहिलो विकेट गुमेको थियो। ओपनर निरज कुमार ६ बलमा ८ रन बनाउँदै आउट भएका थिए।

दोस्रो विकेटका लागि दिप कुमार र सुर्यांशु कोईरालाले ४२ बलमा ३३ रनको साझेदारी गरेका थिए। सुर्यांशुले २० बलमा २३ रन बनाए । दिप कुमार ४१ बलमा १५ रन बनाउँदै आउट भए। 

त्यसपछिका खेलाडीहरु क्रिजमा जम्न सकेनन्। आठौं विकेटका लागि नरेन भट्ट र अशोक धामीका बीचमा ३४ बलमा ४५ रनको महत्वपूर्ण साझेदारी भएको थियो। नरेन भट्टले ४३ बलमा २९ रन बनाए।

९१ रनमा ७ विकेट गुमाएको नेपालका लागि धामीको अर्धशतकले बलियो योगफलसम्म पुर्याउन मद्दत गर्यो।  नवौं विकेटका लागि कृतिक कामतसँग मिलेरले धामीले ३१ बलमा ३९ रनको महत्वपूर्ण साझेदारी गरे । कामतले १७ बलमा १ चौकाको सहयोगमा १६ रन बनाए। 

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाईकाल र मुहम्मद अक्रमले समान २/२ तथा मोहम्मद फतुलले १ विकेट लिए।

नेपाल समूह ए बाट दुबै खेलमा जितका साथ समूह विजेता बनेको हो । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २२५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेकाे थियाे । नेपालले अब सेमिफाइनल खेलमा समूह बी को उपविजेता सिंगापुरसँग खेल्नेछ ।

Logo