गाउँका जनतासँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड [फोटोफिचर]

गाउँका जनतासँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड [फोटोफिचर]


अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तर्क्रिया गरेका छन् । 

शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं –२ का स्थानीय जनतासँग अन्तरक्रिया गरेका हुन् । स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं –२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले कास्कीको विकासमा प्रधानमन्त्रीले गरेकाे योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गरेका थिए । 

सो अवसरमा प्रधानमन्त्रीले अन्नपूर्ण–२ का साथै हेम्जाका स्थानीयहरूसँग समेत अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा प्रधानमन्त्रीले स्थानीय अवस्था र जनताका अनुभूतिहरूबारे विशेष चासो राखेका थिए ।

 

Logo