गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै ‘कमेडी क्लब विथ च्याम्पियन्स’ टीमले माग्यो माफी

गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै ‘कमेडी क्लब विथ च्याम्पियन्स’ टीमले माग्यो माफी


कमेडी क्लब विथ च्याम्पियन्सले कार्यक्रमको प्रस्तुतिबाट कुनै वर्ग समुदायमाथि आघात पुर्‍याउने उद्देश्य नभएको भन्दै माफी मागेको छ ।

कार्यक्रमको प्रस्तुतिले गन्धर्व समुदायको आत्मसम्मानमा चोट पुर्‍याएको बताउँदै गन्धर्व सांस्कृतिक कला संगठनले आपत्ति जनाएपछि थ्री प्रोडक्सनले माफी मागेको हो । एक विज्ञप्ति जारी गर्दै कार्यक्रमकाे प्रस्ततिकाे उद्देश्य विशुद्ध मनाेरञ्जनको भएपनि भुलवश केही अंश प्रशारण भएको र आगामी दिन व्यांग्यात्मक प्रस्तुतिलाई त्यस्तो हुन नदिने पनि बताएको छ ।

Logo