वेस्ट इन्डिज स्कटल्यान्डविरुद्ध सस्तैमा अलआउट

वेस्ट इन्डिज स्कटल्यान्डविरुद्ध सस्तैमा अलआउट


जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिज स्कटल्यान्डविरुद्ध अलआउट भएको छ । 

हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिएको हो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४५ रन जोडे । साथै रोमारियो शेर्फडले ३६ रन, ब्रान्डन किंगले २२ रन तथा निकोलस पुरनले २१ रन बनाउनुबाहेक अन्य खेलाडी चल्न सकेनन् । 

बलिङतर्फ स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलनले ३ विकेट लिए भने क्रिस ग्रेभ, क्रिस सोल र मार्क वाटले समान २/२ विकेट तथा सफियान सरिफले १ विकेट लिए । 

वेस्ट इन्डिजलाई विश्वकपमा छनोट हुनका लागि आजको खेल जित्नै पर्ने हुन्छ ।

Logo