#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18827433707039611271612007678
नेपाल2139060617415156

तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।

सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरूले मङ्गबार जानकारी दिएका छन् ।  प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए ।

यो घटना तालिबान आतंककारीहरूको समूहले गराएका थिए । त्यसमा परी नौ जना प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् । झडपमा लडाकू समूहका पनि केही सदस्य हताहत भएको स्रोतले बताएको छ ।

प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गरे । सन् २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरुले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार