बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा


आमन्त्रित देश कुवेत भारतमा जारी साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनलमा  बंगलादेशमाथि १-०को जित दर्ता गर्दै कुवेतले फाइनलको यात्रा तय गरेको हो । कुवेतको जितमा अब्दलाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । 

कडा प्रतिस्पर्धा रहेको खेलको निर्धारित समय ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि थप गरिएको ३० मिनेटको पहिलो हाफको अतिरिक्त समय १०७औं मिनेटमा अब्दलाले सानदार गोल गरेका थिए । त्यसपछि बाँकी समयमा थप गोल हुन नसक्दा कुवेत १० ले विजयी बनेको हो । 

अब कुवेतले उपाधिका लागि फाइनलमा आजै हुने दोस्रो सेमिफाइनलका विजेतासँग प्रस्पिर्धा गर्नेछ । साँझ ७ः४५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा आयोजक भारत र लेबनानबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ए’बाट कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपाल र पाकिस्तानलाई हराएको कुवेत भारतसँग भने बराबरीमा रोकिएको थियो । 

Logo