#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1592801950211144465353315
नेपाल9081

चार हजार धरौटी बुझाएर आस्था राउत रिहा

काठमाडौं ।

गायिका आस्था राउत रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा चार हजार रूपैयाँ धरौटी बुझाएर उनी आज रिहा भएकी हुन् ।

सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनलाई चार दिन थुनामा राख्न अनुमति दिएकोमा आजै रिहा गरिएको छ । यस अघि प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत अस्पताल भर्ना भएकी थिइन् । उनी सोमबार बेलुकी त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएकी हुन् ।

राउतलाई टाउको दुख्ने र ज्वरो समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको थियो । आस्था सोमबार परिवारसहित आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

२ हप्ता अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जाने क्रममा त्यहाँ सुरक्षार्थ रहेकी प्रहरी जवान रमिता श्रेष्ठसँग भनाभन भएपछि आस्था विवादमा आएकी थिइन् । प्रहरी जवान श्रेष्ठको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत माघ ५ गते आस्थाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार