मुग्लिन-नारायणगढ सडकः पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने

मुग्लिन-नारायणगढ सडकः पहिरो पन्छाउन अझै केही घण्टा लाग्ने


चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै केही समय लाग्ने भएको छ। सडक डिभिजन भरतपुरका अनुसार गए राति करिब १२ बजे ढुंगासहित खसेको पहिरोको कारण सडक अवरुद्ध छ। आज बिहानैदेखि पहिरो हटाउने कार्य भइरहेको सडक डिभिजन भरतपुरले जनाएकाे छ।

मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलानजिक पहिरो खसेको हो। बिहानैदेखि पहिरो हटाउने कार्य भइरहे पनि सडक खुलाउन समय लाग्ने प्रहरी निरीक्षक तामाङले बताए। सडक अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बीचबाटोमा रोकिएका छन्।

Logo