युएईविरुद्ध सन्दीप लामिछानेले लिए दोस्रो विकेट, रामिज आउट

युएईविरुद्ध सन्दीप लामिछानेले लिए दोस्रो विकेट, रामिज आउट


नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध तेस्रो सफलता दिलाएका छन् । 

जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि सन्दीपले २२औं ओभरको पाँचौं बलमा रामिज शाहजादलाई आउट गरेका हुन् । उनले रामिजलाई १० रनमा पवेलियन फर्काए । 

युएई हाल ३ विकेट गुमाउँदै ८५ रन बनाएर खेलिरहेको छ । त्यसअघि सन्दीपले १४औं ओभरको अन्तिम बलमा अर्यान्स शर्मालाई २८ रनमा आरिफ शेखमार्फत क्याच आउट गराएका थिए । उनले अर्यान्ससँगको वृत्य अरविन्दको साझेदारीलाई समेत तोडेका थिए ।

पहिलो ओभरको दोस्रो बलमै तिव्र गतिका बलर करण केसीले आशिफ खानलाई शून्य रनमा क्याच आउट गराएका थिए । 

Logo