दीपक बज्राचार्यको नयाँ सांगीतिक प्याकेज ‘प्रोजेक्ट नजिक’ आउँदै [भिडियाे]

दीपक बज्राचार्यको नयाँ सांगीतिक प्याकेज ‘प्रोजेक्ट नजिक’ आउँदै [भिडियाे]


तीन दशकदेखि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहेका लोकप्रिय गायक दीपक बज्राचार्य सांगीतिक कोसेलीहरुको नयाँ प्याकेज 'प्रोजेक्ट नजिक'सहित आउँदै छ्न् ।

नयाँ र केही पुराना गरी करिब ९ वटा गीतहरुलाइ नयाँ शैलीमा एक एक गरीआफ्नो दर्शक श्रोताहरु माझ ल्याउने र नयाँ प्रस्तुतिहरुलाई म्युजिक भिडियोमा मात्र सिमित नराखी बिल्कुल फरक शैलीमा 'प्रोजेक्ट नजिक' लिएर देश तथा विदेशमा बस्ने दर्शक, स्रोतामाझ आउने तयारीमा गायक बज्राचार्य छन् ।

के हो त 'प्रोजेक्ट नजिक' ? 

प्रोजेक्ट नजिक एउटा "डीजाइनिङ्ग शो" हो, जसलाई ३ खण्डमा बाँडिएको छ।

१. स्पट लाइट इभेन्ट (अनप्लग लाइभ)
यस खण्डमा आफ्नो गीतलाई फरक शैलीको प्रस्तुतिका साथ अहिलेसम्म नसुनिएका र नगरिएका कुराकानीहरु पनि गरिनेछ ।

२. नजिक मोमेन्ट (मिट एण्ड ग्रीट)
आफ्नो  दर्शक श्रोतालाई अझ नजीकबाट चिन्न र चिनाउन तथा केहि समय संगै बिताएर त्यो रमाइलो पललाई केहि तस्बीरहरुमा कैद गर्ने कोसिस गरिनेछ ।

३.  इ डी एम सेसन (अपबिट कन्सर्ट)
अन्तिममा सधै झैं मुख्य कार्यक्रमको मज्जा लिँदै नाच्न गाउन र रमाउनको लागि बिशेष तयार गरिएको नयाँ तथा पूराना गीतहरुको प्रस्तुतिमा सबै रमाउनेछन् । 

प्रोजेक्ट नजिकको मुख्य उद्धेश्य भनेको नै पर्फर्मर र दर्शकबीच निकटता ल्याउनु हो । प्रोजेक्टको एउटा विशिष्ठ खण्डको पहिलो झलक स्वरूप एउटा नयाँ गीत 'एक्लो' हालै रिलिज गरिएको छ भने करिब २ महिनाको बिचमा अन्य गीतहरु पनि सार्वजनिक गरिनेछ ।

 

Logo