श्रीलङ्कामा ठूलो परिमाणमा केन्दुको पात बरामद

श्रीलङ्कामा ठूलो परिमाणमा केन्दुको पात बरामद


श्रीलङ्काको नौसेनाले आइतबार बिहान एक हजार ९४७ केजी तस्करी गरिएको केन्दु पातसहित एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।

नौसेना जहाज एसएलएनएस विजयाका कर्मचारीले पुत्तलमको कराटिभ समुद्रतट क्षेत्रमा गरिएको विशेष कारबाहीका क्रममा उनलाई पक्राउ गरेको नौसेनाले प्रेस विज्ञप्तिमा जनाएको छ । जम्मा ६५ वटा प्याकेजमा केन्दुपात तस्करी गर्ने ५० वर्षीय अभियुक्तलाई प्रहरीको जिम्मा लगाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

केन्दु पात श्रीलङ्कामा बिडी उत्पादनमा प्रयोग गरिन्छ । यसको लाइसेन्सविना प्रयोग र ओसारपसार गर्न निषेध गरिएको छ । -सिन्ह्वा

Logo