कोशी प्रदेशको नामाकरणमा प्रर्याप्त छलफल नभएर समस्या भयाे -सांसद पौडेल

कोशी प्रदेशको नामाकरणमा प्रर्याप्त छलफल नभएर समस्या भयाे -सांसद पौडेल


सांसद प्रदिप पौडेलले नामकरण गर्ने बेला बृहत छलफलको विषय नबनाइएकोले समस्या भएको तर्क गरेका छन् । 

आइतवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद पौडेलले कतिपय कुरा प्रकृया पु-याउँदा पनि त्यहाँको व्यवहारिकता त्यहाँको ईच्छा र आम मान्छेको चासोलाई पनि हेरिनुपर्ने तर्क गरेका हुन् । 

'नामाकरण भएको वेलामा सरकारमा एमाले र माओवादी थियाे । त्यो वेलामा त्यसलाई बृहत ढंगले छलफल नगरिकन गरियो भन्ने लाग्छ । प्रकृया त नपुगेको होइन । तर कतिपय कुरा प्रकृया पु-याउँदा पनि त्यहाँको व्यवहारिकता त्यहाँको ईच्छा र आम मान्छेको चासोलाई हेरिनुपर्छ ।' उनले भने ।  

तर त्यहाँको आमजनचासोलाई बुझेर उक्त समस्या समाधान गर्ने कोसिस गरेको भए हल गर्न सकिने सांसद पौडेलको भनाई छ । उनले बहुपहिचानको मनोविज्ञानलाई समेट्ने गरि यस्ता सस्यालाई समाधान गर्नपर्ने बताए । 

Logo