राजनीतिक भागबण्डाका कारण विश्वविद्यालय थला परेः गगन थापा

राजनीतिक भागबण्डाका कारण विश्वविद्यालय थला परेः गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै थापाले १०/१२ वर्षदेखि शिक्षाको अवस्था ओरालोतर्फ लागेको बताएका हुन्। उनले राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर बन्दै गएको दाबी गरे।

उनले भने,‘नागरिकहरुसँग हामीले केहि बाचा गरेका थियौं। तिम्रो जीवनलाई हामी माथि उठाउँछौँ, तिम्रो जीवनका अफ्ठ्याराहरुलाई हामी हल गर्छौँ, सम्बोधन गर्छौंँ। तर यो गर्नबाट हामी चुकेका छौँ। चुकिरहेका छौँ यसलाई हामीले स्वीकार्नुपर्छ।’ 

उनले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे। थापाले प्रचण्डलाई भ्रष्टाचारको विरुद्ध कुनै पार्टी नहेरी अगाडि बढ्न  समेत आग्रह गरेका छन्।

Logo