स्वास्थ्य क्षेत्रका हजारौं दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलवाड गरेकाे मन्त्री बस्नेतकाे आरोप

स्वास्थ्य क्षेत्रका हजारौं दक्ष जनशक्तिको भविष्यमाथि राज्यले खेलवाड गरेकाे मन्त्री बस्नेतकाे आरोप


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राज्यले स्वास्थ्य क्षेत्रका हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको दावी गरेका छन् ।

सोमवार वीर अस्पतालले लिएको नयाँ नर्सहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले लामो समयदेखि ठूलो संख्यामा नियुक्ति गर्न नसकेर हजारौँ दक्ष जनशक्तिको भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका हुन् । 

उनले भने,‘स्टाफ नर्सहरुको महत्व स्वास्थ्य क्षेत्रमा निकै नै महत्वपूर्ण छ । सरकारले लामो समयदेखि यसरी ठूलो सङख्यामा नियुक्ति गर्न सकेको अवस्था छैन । देशमा दक्ष जनशक्ति हजारौँको संख्यामा खेलवाड भएको अवस्था छ । बेरोजगार भएर बसेको अवस्था छ ।’

मन्त्री बस्नेतले दुःख गरेर पढेर पनि निजी अस्पतालमा ८-१० हजारमा काम गर्नुपरेको अवस्थामा राज्यले दरबन्दी बढाएर चाहिने दक्ष जनशक्तिलाई ठीक ठाउँमा प्रयोग गर्न नसकेको गुनासो पोखे । उनले भने, ‘दुःख गरेर यत्रो वर्ष पढेर । तपाईहरुले निजी अस्पतालमा ८ हजार १० हजारमा काम गर्नुपरेको छ, राज्यले यसको बारेमा जे गर्नु पर्ने हो त्यो गरेको छैन । दरबन्दी बढाएर चाहिने दक्षजनशत्तिलाई ठीक ठाउँमा प्रयोग गर्न सकेको छैन ।’

Skip This
Logo