मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता मंगलवारदेखि

मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता मंगलवारदेखि


नेपाल खेलकुद महासंघको आयोजनामा भोलिदेखि मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारीको ७२औँ जन्म जयन्तिको अवसरमा संबिधान सभा सदस्य, बर्तमान तथा पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यबीच प्रतिस्पर्धा हुने जानकारी दिइएको हो । 

मुलुकका समग्र खेलाडीहरुले खेल खेलेर बाँच्न सक्ने आधार निर्माण गर्नु सरकारको मुख्य दायित्व र जिम्मेवारी बोध गराउन गराउन प्रतियोजिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ 

भोलि र पर्सी हुने प्रतियोगिता कार्यक्रमको उद्घाटन नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । प्रतियोगिताका लागि अहिलेसम्म विभिन्न राजनीतिक दलबाट ६० जनाले नाम दर्ता गरिसकेको जानकारी दिइएको छ ।

Logo