मेयर बालेन साहले लगाए हनुमानढोका परिसरमा सवारी साधनमा रोक

मेयर बालेन साहले लगाए हनुमानढोका परिसरमा सवारी साधनमा रोक


काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी उल्लेख गरेका हुन्।

उनले भनेका छन्, ‘ काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो। काठमाडौँको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन्। यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन्। वसन्तपुर हनुमानढोका यस मध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ। यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ।’
उनले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् ।

Logo