साङ्गे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर बिक्री खुला

साङ्गे विद्युत कम्पनीको ८०० प्रतिशत हकप्रद सेयर बिक्री खुला


साङ्गे विद्युत कम्पनीले मंगलबारदेखि ८०० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री बिक्री खुला गरेको हो। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आजदेखि १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो। 

यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ।

हाल कम्पनीको प्रतिकित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले आग्रह गरेको छ।  सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउनेछन्। कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ।

Skip This
Logo