संसदीय समितिको सभापति छिट्टै चयन गर्नेमा शीर्ष नेताहरुबीच जुट्याे सहमति

संसदीय समितिको सभापति छिट्टै चयन गर्नेमा शीर्ष नेताहरुबीच जुट्याे सहमति


प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति जुटेको छ।

मंगलबार सभामुखको कार्यकक्षमा बसेको सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठकमा संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा सहमति जुटेको हो ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी भएका थिए ।  

Logo