रासायनिक मलको आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्छः विनोद चौधरी

रासायनिक मलको आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्छः विनोद चौधरी


प्रतिनिधि सभा सांसद विनोद चौधरीले किसानलाई खेती बालीका लागि आवश्यक पर्ने रासायनिक मल आयातमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । 

मंगलबार बसेको अर्थ समितिको बैठकमा उनले साल्ट ट्रेडिङको मात्र भर पर्न नहुने भन्दै सिजनमा मल आपूर्तिलाई सहज पार्न सबै लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘साल्ट ट्रेडिङको अनौपचारिक रुपमा मिडियामा स्टेटमेन्ट आउँछ, यो वर्ष मलको कमी हुन दिदैनौ भनेर । तर, सात लाख टन मल चाहिने देशमा दुई लाख टन भन्दा बढी मल हामी किन्दैनौं । आपूर्ति कसरी सहज हुन्छ ? सिजन जान लागिसक्यो, किसानहरुको मारामार छ । कृर्षि मन्त्रालय,आपूर्ति मन्त्रालय, साल्ट ट्रेडिङलाई जो जति सम्बद्ध संस्था छन् ति सबैलाई तत्काल बोलाएर यो विषयमा गम्भीर छलफल गर्न जरुरी छ ।’

सरकारले लिएको लक्ष्य भन्दा कम राजस्व उठेको प्रति सजग गराउँदै चौधरीले राजस्वलाई चलायमान बनाउनको लागि आवश्यक मुद्दामा छलफल गर्न समितिलाई आग्रह गरे । ‘राजस्वमा तत्काल भूमिका खेल्ने क्षेत्र भनेको आयात हो । आयातलाई अझै चलायमान गर्नको लागि कस्ले के गर्नुप-यो ?मुद्दा राजस्वको हो कि,मागको होकि,इस्यु बजारमा पैसा नभएर हो कि तरलताको होकि के हो यिनै मुद्दाको सेरोफेरोमा रहेर आगामी दिनमा छलफल जरुरी छ ।’

त्यस्तै सांसद चौधरीले बाढी पहिरोले ३० ओटा विद्युत गृहको संरचनामा क्षति पु-याएको उल्लेख गर्दै राज्य र लगानीकर्ताको उक्त क्षतिलाई सम्बोधन हुनेगरि समितिले काम गर्नुपर्ने तर्फ ध्यानाकर्षण समेत गराए ।

Logo