विवादीत अभिव्यक्तिबारे प्रधानमन्त्रीले भने- विपक्षीले बबण्डर गर्दैछन्, बेलुन छिट्टै फुट्नेवाला छ

विवादीत अभिव्यक्तिबारे प्रधानमन्त्रीले भने- विपक्षीले बबण्डर गर्दैछन्, बेलुन छिट्टै फुट्नेवाला छ


प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले दिएको विवादीत अभिव्यक्तिबारे मुख खोलेका छन् ।

बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पार्टी प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली धाएको भन्ने अभिव्यक्तिको बचाउ गरेका हुन् । उनले सरदारले लेखेको कुरा मात्रै आफूले बोलेको बताएका छन् । तर, प्रतिपक्षी दलहरुले उक्त कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको उनको भनाई थियो ।  

‘आज म सुन्दैछु एउट किताब विमोचन गर्दै गर्दा मैले बोलेको । उनले बोलेको कुरा मैले बोलेको । मेरो कुरा होइन । उनले बोलेको मैले भने । उहाँ सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिमा पनि उहाँले चासो राख्नुहुन्छ । उहाँले मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्नुहुन्छ, कहिले कहाँ ? कहिले दिल्ली, कहिले नेपालको पार्टीहरुसँग छलफलमा लाग्नुहुन्थ्यो ।’ उनले भने, ‘त्यो कुरालाई उचालेर अहिले बबण्डर गर्न खोजिएको छ । त्यो बेलुन पनि छिट्टै फुट्नेवाला छ । त्यसले केही हुनेवाला छैन ।’ 

नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा मंगलबार प्रधानमन्त्री दाहालले भनेका थिए- ‘उहाँ (सिंह) ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो ।’ 

Skip This
Logo