प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा विरोध गर्ने एमालेकाे निर्णय

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा विरोध गर्ने एमालेकाे निर्णय


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर विरोध गर्ने भएको छ।

बुधबार संसद् भवन बानेश्वरमा बसेको पार्टी संसदीय दलले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिको विरोध गर्ने निर्णय गरेको हो ।  

प्रधानमन्त्रीको अभिव्यक्ति संसदमाथिको अपमान भएको निष्कर्ष निकाल्दै एमालेले यसको सशक्त विरोध गर्ने सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘आज दिउँसो ३ बजे संसद बैठक छ। प्रधानमन्त्रीको अभिव्यक्ति संसदमाथिको अपमान नै हो। जनादेशमाथि गरेको अपमान हो। यो देशको सार्वभौमत्तामाथि गरेको आक्रमणको कुरा सदनमा राख्नेछौं’ उनले भने ।  

Logo