#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व680837439687930999973311498
नेपाल2912112568333

पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री

विराटनगर ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा विहिबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिने सम्बन्धी व्यवस्था हटाउने बताएका हुन् ।

सञ्चारमन्त्री बाँस्कोटाले क्षमता नभएको संस्थाबाट जाँच लिनु अनुपयुक्त देखिएकाले जाँच लिने व्यवस्था हटाउने बताए । उनले एमसीसी विशुद्ध विकाससँग सम्बन्धित योजना भएकाले यसको विरोध गर्नुको कुनै तुक नभएको धारणा राखे । मन्त्री बाँस्कोटाले एमसीसीमा कुनै पनि विवादास्पद विषय नभएकाले सरकारले यसलाई संसदबाट पारित गराउन लागेको जानकारी दिए ।

उनले एमसीसी ऊर्जा र कनेक्टिभिटीसँग जोडिएको र सामरिक महत्वको विषयहरु समावेश नभएको बताउँदै अमेरिकन काँग्रेसले समेत सहमति जनाएकाले संसदबाट पारित गराउनुको कुनै विकल्प नभएको स्पष्ट पारे । मन्त्री बाँस्कोटाले सरकार सञ्चार क्षेत्रलाई सबल र व्यवस्थित बनाउने कार्यमा क्रियाशील भईरहेको र योसँग सम्बन्धित ऐनहरु बनाउने प्रक्रिया थालिएको जानकारी दिए।

उनले कोरोना भाइरसबाट प्रभावित भएको मित्र राष्ट्र चीनको वहानमा रहेका नेपाली सुरक्षित रहेकाले आत्तिनुपर्ने अवस्था नभएको बताए । मन्त्री बाँस्कोटा सुनसरीको इटहरीमा स्थापना गरिएको नेपाल टेलिभिजनको पाँचौँ च्यानल एनटिभी इटहरीको उद्घाटनमा सहभागी हुन विहिबार विराटनगर गएका थिए ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार