कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त


कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

सभामुख बाबुराम गौतमसहित ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापालाई सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस (२९), नेकपा (माओवादी केन्द्र) (१३ सभामुखसहित), नेकपा एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) को समर्थन छ । 

कोशीमा कांग्रेसबाट मुख्यमन्त्री बन्ने थापा पहिलो व्यक्ति हुन्।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग ४६ सीट र एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले तत्काल निर्णय नदिएकाले सभामुख गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्‍याइएको थियाे । 

 

Logo