जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै, चीन तथा कोरियालगायतकाे विराेध

जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै, चीन तथा कोरियालगायतकाे विराेध


जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोड्न गइरहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का प्रमुख राफेल ग्रोसी मंगलबार जापान आइपुगेका छन्। उनकाे उपस्थीतिमा साे पानी महासागरमा छाडिनेछ। 
 
यहाँ उनले प्रधानमन्त्री फुमियो किशिदालाई भेटेर सुरक्षा समीक्षा गरे। आईएईएले रेडियोधर्मी पानी छोड्ने जापानको योजना सुरक्षा मापदण्ड अनुसार सही रहेको बताएका छन् । तर, जापान, दक्षिण काेरिया र चीनलगायत धेरै देशमा तटीय क्षेत्रमा बसोबास गर्ने मानिसले यसको विरोध गरिरहेका छन् ।
 
जापानको माछा मार्ने उद्योग र नागरिक समाज समूहहरूले पनि प्रशान्त महासागरमा १३२० मिलियन लिटर पानी छोड्ने बारे चिन्ता व्यक्त गरेका छन्। वास्तवमा सन् २०११ मार्चमा आएको सुनामीका कारण फुकुसिमाको आणविक केन्द्रको चिसो र बिजुली प्रणाली ठप्प भएको थियो। गर्मीका कारण त्यहाँ रहेका तीनवटा रिएक्टरको कोर 
पग्लिएको थियो, जसका कारण ठूलो मात्रामा विकिरण फैलिएको थियो।

अल जजिराका अनुसार परमाणु संयन्त्रबाट पानी छोड्ने योजना २०२१ मा घोषणा गरिएको थियो। अबको २ वर्षमा यो काम सुरु हुने भनिएको थियो। जापानको नियामक निकायले ३० जुनमा नै निरीक्षण पूरा गरेको थियो। संयुक्त राष्ट्रसंघको छानबिन पछि प्लान्टको हेरचाह गर्ने कम्पनी टेप्कोले एक साताभित्र पानी छोड्न स्वीकृति पाउन सक्नेछ।
 
यस पछि तिनीहरूले कुनै पनि समयमा पानी छोड्न सुरु गर्न सक्छन्। तर, यसका लागि कुनै मिति घोषणा गरिएको छैन। पानीलाई समुन्द्रमा फ्याँक्न धेरै दशक लाग्ने छ। यसलाई १ किलोमिटर पाइपबाट निकालिने छ। 
 
यो आणविक प्लान्टको मर्मत सम्भार गर्ने कम्पनी टोकियो इलेक्ट्रिक पावर (टेप्को) ले प्लान्टमा रहेको पानीलाई प्रशोधन गरेर एक हजार ट्याङ्कीमा भण्डारण गरिएको बताएको छ। यो पानीको मात्रा ५ सय ओलम्पिक आकारका स्विमिङ पुल भर्न पर्याप्त रहेको तथ्यबाट अनुमान लगाउन सकिन्छ। यो पानी त्यहाँबाट निकाल्नु पनि आवश्यक छ ताकि परमाणु संयन्त्रलाई नष्ट गर्न सकोस्।

Skip This
Logo