काठमाडौँ महानगरबाट दुई सहकारी संस्थाको दर्ता खारेज

काठमाडौँ महानगरबाट दुई सहकारी संस्थाको दर्ता खारेज


काठमाडौँ महानगरपालिकाले महानगरभित्रका दुई सहकारी संस्थाको दर्ता खारेज गरेको छ।

महानगरपालिकाको सहकारी विभागले एक सूचना जारी गर्दै महानगरभित्र दर्ता भई सञ्चालनमा रहेका काठमाडौँ ५ चाबहिलको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा सहकारी संस्था लिमिटेडको दर्ता खारेजी भएको जनाएको हो।

महानगरको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा १ अनुसार यी संस्थाहरूको दर्ता खारेजी गरिएको हो । उक्त ऐनकाअनुसार ‘कुनै संस्थाको विनियममा उल्लेखित उद्देश्य तथा कार्य हासिल गर्न सम्भव नभएका र सदस्यको हित गर्न नसक्ने भएमा साधारण सभाको तत्काल कायम रहेको २ तिहाइ बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ। 

यी दुई संस्थाहरूले विभिन्न समयमा दर्ता खारेजी स्वीकृतिका लागि महानगरका निवेदन दिएका थिए। सोहीअनुसार हाल संस्थाहरू सञ्चालनमा नभएकाले दर्ता खारेजी गरिएको महानगरको सूचनामा उल्लेख गरिएको छ।

Logo