हुम्लामा एक महिनादेखि इन्टरनेट नहुँदा समस्या

हुम्ला ।

हुम्ला जिल्ला एडिएसएललाइन नहुँदा इन्टरनेट विहीन भएको छ । हुम्ला जिल्लामा करीब एक महिनादेखि एडिएसएलको इन्टरनेट जाँदा यहाँका सरकारी कार्यालय, राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था र बैंकहरुमा समस्या आएको स्थानीयवासी बताउँछन् ।

हुम्लामा सञ्चालित एक मात्र सेवा वर्ल्डलिङ्क कम्युनिकेसन जडान भएका कार्यालय गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य कार्यालय, विद्यालय, जडान गरिएका बैंकमा मात्र कामकाज सहज भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार