समाजवादी मोर्चाको अध्यक्षताको जिम्मेवारी माधव नेपाललाई

समाजवादी मोर्चाको अध्यक्षताको जिम्मेवारी माधव नेपाललाई


मोडालिटी नबनाउँदासम्म समाजवादी मोर्चाको अध्यक्षताको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पाएका छन् । 

आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले अध्यक्षताका सन्दर्भमा टुंगो नलागेसम्म अध्यक्ष नेपालले नै अध्यक्षता गर्ने समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । 

मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने समझदारी गरेका छन् । तर, यो सबैको टुंगो आगामी बैठकले गर्ने बताइएकाे छ । शनिबारको बैठक पनि माधव नेपालको अध्यक्षतामा बसेको थियो । 

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने पनि निर्णय गरेकाे छ । कार्यक्रम कहिले हुने भन्ने निर्णय भने २७ गते घोषणा हुने उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

Logo