क्यानका महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई दिए स्पष्टीकरण

क्यानका महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई दिए स्पष्टीकरण


नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।  

पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रोपटक सोधेपछि मात्रै महानिर्देशक अधिकारीले स्पष्टीकरण पेश गरेका हुन् । 

गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर २१ गते दोस्रो स्पष्टीकरण सोधिएको थियो । उनलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो । महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिएका थिए । 

उड्डयन सुरक्षामा लापरबाही गरेको, प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्टाउने सरकारको नीतिलाई चुनौती दिएको, पोखरा विमानस्थलमा परीक्षण उडान गराएर प्रतिवेदन प्राप्त नगरी एअरबस ३२० विमानलाई उडान गर्न दिएको, त्यहाँको धावनमार्गको उचाइ कम हुँदा पूर्वतर्फको छिनेडाँडाको उचाइ १० मिटर बढी काट्नुपरेको भन्ने लगायतका विषयमा मन्त्रीको निर्णयानुसार अधिकारीसँग जवाफ मागिएको थियो।

Logo