लन्च भएको १ वर्षपछि नेपाली बजारमा खुल्यो स्कार्पियो एनको बुकिङ, यस्ता छन् मूल्य र फिचर

लन्च भएको १ वर्षपछि नेपाली बजारमा खुल्यो स्कार्पियो एनको बुकिङ, यस्ता छन् मूल्य र फिचर


स्कार्पियो एन लन्च भएको १ वर्षपछि नेपाली बजारमा बुकिङ खुला भएको छ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक वितरक अग्नी इन्कर्पोरेटेड प्रालिले गत वर्षको असार महिनामा लन्च भएको उक्त नयाँ एसयूभीको लागि अहिले बुकिङ खुलाएको हो ।

महिन्द्राको नयाँ ‘ट्विन पिक’ लोगो जडित पहिलो मोडलका रुपमा नेपाल आएको सो एसयूभी टु ह्विल र फोर ह्विल ड्राइभ अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सो एसयूभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध गराइएको छ ।

२.० लिटर टर्वो पेट्रोल र २.२ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेपनि नेपाली बजारमा यसको डिजेल इन्जिनबाट बिक्री शुरु गरिएको हो । सो एसयूभीको पावर क्रमश १९८ विएचपी र १७३ विएचपी रहेको छ भने टर्क ३८० एनएम र ४०० एनएम छ ।

एसयूभीमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध गराइएको छ भने  इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो एवं एप्पल कार प्ले, ६ तवरबाट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, इलेक्ट्रोनिक सनरुफ, क्रुज कन्ट्रोल, वायरलेस चार्जिङ, माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल दिइएको छ । साथै यसको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर पाउन सकिने कम्पनीले जनाएको छ । 

स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको नयाँ एसयूभीको मूल्य ९० लाखदेखी १ करोड २४ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । एसयूभी पारखीहरुले समयमै बुकिङ गर्न सक्नेछन् । 

Logo