खेलाडीको मेहेनतमा सहयोग होस् भनेर लागिरहेको छुः मन्त्री लिम्बू

खेलाडीको मेहेनतमा सहयोग होस् भनेर लागिरहेको छुः मन्त्री लिम्बू


युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सिमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन् । 

इर्मजिङ कप खेल्न श्रीलंका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कार्यक्रममा उनले खेलाडीहरुको मेहेनतमा मन्त्रालयको सानो सहयोगको लागि सिमित स्रोतको प्रयोग आवश्यकता पूर्तिको लागि परिचालन गर्ने प्रयासमा रहेको बताए ।

उनले भने, ‘हामीसँग सिमित स्रोत र साधन छ त्यसबाट हाम्रो असिमित आवश्यकताहरु कसरी पूरा गर्ने भन्ने विषयमा मन्त्रालय लागि रहेको छ । तपाईहरुको मेहेनतमा मन्त्रालयको सानो सहयोग होस् भनेर लागि रहेको छु र यसप्रति प्रधानमन्त्री पनि चिन्तित हुनुहुन्छ ।’

मन्त्री लिम्बूले खेल र पर्यटकलाई सँगसँगै लाने हो भने त्यसबाट देशलाई आर्थिक सहयोग, रोजगारीको सिर्जना र विभिन्न खालका अवसरहरु प्राप्त हुने भन्दै पर्यटन विकासमा खेदकुदको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तर स्टेडियम बनाएर, अन्तरराष्ट्रिय खेल सहजताका साथ खेल्न सक्ने परिस्थिति बनाउनु पर्छ भनेर हामी लागि परेका छौँ । खेलको क्षेत्रबाट पर्यटनको विकास हुनुपर्छ । खेल र पर्यटकलाई सँगसँगै लैजान सक्यो भने त्यहाँ आर्थिक गतिविधि हुन्छ । त्यसबाट देशलाई आर्थिक सहयोग हुन्छ, रोजगारीको सिर्जना हुन्छ, विभिन्न खालका अवसरहरु पनि आउँछ ।’

उनले अहिलेसम्म भएको सफलताबाट नेपालीको इज्जत बढेको भन्दै निराश नभईकन अगाडी बढ्न सरकार सधैँ साथमा रहेको बताए । 

नेपाली जनता र सरकारको साथ सहयोगका लिएर उच्च मनोबलका साथ जित्नको शुभकामना गर्दै अहिले क्रिकेटबाट हासिल भएको सफलता देशको लागि ठूलो उपलब्धि भएको पनि उनको भनाई छ ।

Logo