भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई पूर्ण समर्थन छः रवि लामिछाने

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई पूर्ण समर्थन छः रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकारले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पारे । 

उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

Logo