नेताहरुले देशभित्रै उपचार गरे रकमबाहिर नजाने स्वास्थ्यमन्त्रीको विश्वास

नेताहरुले देशभित्रै उपचार गरे रकमबाहिर नजाने स्वास्थ्यमन्त्रीको विश्वास


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै नेताहरुले देशभित्रै उपचार गरे रकमबाहिर नजाने बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य उपचारका लागि विदेश जाँदा भएको खर्चको बिल भुक्तानीका लागि नेपाल सरकारलाई बुझाएको भन्दै त्यसकाे विरोधमा स्वास्थ्यमन्त्री बस्नेतको ध्यानाकर्षण गराएको छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले सबै नेताहरुले राज्यको सम्पत्ति सकेको गुनासो गरे । उनले भने, ‘उपचार पद्धति आफैमा विकास गर्नुपर्छ रआफ्नै देशमा विकास हुनुपर्छ भन्ने मान्यता भएको मान्छे हो । सबै नेताहरुले राज्यको सम्पत्ति सकाउने गरेको छ । सबैले आफ्नै देशमाउपचार गर्ने हो भने देशको पैसा बाहिर जाने थिएन ।’ 

मन्त्री बस्नेतले सूर्तिजन्यपदार्थमालगाएको करबाट उठेको रकमको सही सदुपयोग भए देशभित्रउपचारका लागि राम्रो व्यवस्थापन गर्न सक्ने बताए । 

उनले भने, ‘सूर्तीजन्य पदार्थमा ७० प्रतिशतकर लगाउने र त्यो पैसाले देशव्यापी रुपमा स्वास्थ्य उपचारको पद्धतिलाई सुधार गर्ने वा विपन्न, निमुखा र बेवारिसेहरुलाई निशूल्कउपचार गर्ने हिसाबमा व्यवस्थित प्रक्रियाबाट सबै स्थानमा पु-याउने काम गरौं । यसलाई परिवर्तन गर्नको लागिम खटिरहेको छु, ३/४ महिनाभित्र यसको परिणाम देखाउँछु, देखाउने गरि काम गर्छु । सबै नेता, हुनेखाने मान्छेहरुले नेपालमाउपचार गर्न हुन्छ भन्ने हिसाबमा आवश्यक परेको स्थानमा कोटाको व्यवस्था गर्ने पहल पनि गर्न सक्छु ।’ 

Logo