यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जस अनुसार आज गोलभेंडाको मूल्य स्थिर नै रहेको छ।सोमवार ९० रुपैयाँ न्यूनतम मूल्यमा बिक्रि भएको नेपाली ठूलो गोलभेंडामो मूल्य आजको लागि ९० रुपैयाँ नै तोकिएको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले रातो आलु ४६ र सेतो आलुको मूल्य ३४ रुपैयाँ न्यूनतम मूल्य तोकेको छ। त्यस्तै,स्थानीय काउलीको मूल्यमा कुनै फेरबदल भएको छैन। काउली आज ७० रुपैयाँमा बिक्रि भइरहेको छ।

लोकल बन्दाको मूल्य पनि स्थिर छ। बन्दा १०रुपैयाँ प्रतिकेजी मूल्य कायम भएको छ। यस्तै,लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ९०, घिउ सिमी लोकल १००, राजमा सिमी ११०, मूला रातो ४०, मूला सेतो लोकल १५, भन्टा लाम्चो ८०, मकै बोडी ९०,भटमास कोशा ९०, तितो करेला ९०, लौका ८०,परवल ५०, फर्सी पाकेको ४०,कन्ने च्याउ १४०,डल्ले च्याउ २४०, कुरीलो २०० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। 

त्यस्तै, पालुंगो साग प्रतिकेजी ८० रुपैयाँ, रायोको साग पनि प्रतिकेजी ११० रुपैयाँ तथा तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ८० रुपैयाँ मूल्य रहेको छ।  फलफूलमा, केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००,आँप मालदह १००,अंगुर कालो ५५०,तरभुजा हरियो ८०,मौसम २२०,किवि ८००,लिच्ची १४०रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।

Logo