इमरान खानले भने-‘मलाइ राजनीतिबाट हटाउन खाेजिँदैछ’

इमरान खानले भने-‘मलाइ राजनीतिबाट हटाउन खाेजिँदैछ’


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकाे समस्या अझै कम हुन सकेको छैन। 

हिजाे इमरान खान १२ आपराधिक मुद्दामा आफ्नो बयान रेकर्ड गर्न दुई अनुसन्धान टोलीसामु हाजिर भएका थिए। खानविरुद्ध पाकिस्तान दण्ड संहिता र आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनी साेही मुद्दामा जवाफ दिन अनुसन्धान टाेली सामु हाजिर भएका हुन्।  
 
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले सोमबार वरिष्ठ प्रहरी उपरीक्षक यासिर अफ्रिदी र प्रहरी उपरीक्षक रुखसार मेहदीको नेतृत्वमा रहेको दुई अनुसन्धान टोलीसामु आफ्नो बयान रेकर्ड गराएका छन्।

 यस क्रममा उनलाई २५ वटा प्रश्न सोधिएको थियो। यसमा खानले पाकिस्तान र राष्ट्रिय संस्थाहरूप्रति मेरो कुनै घृणा छैन भनेका छन।'म पाकिस्तानी जनता, पाकिस्तानी सेना,पाकिस्तानी शहीद, गाजी र शहीदहरूको स्मारकलाई हृदयदेखि सम्मान गर्दछु,'उनले बयानमा भनेका छन्। 

गत मे ९ को घटनाको निन्दा गर्दै इमरानले साे घटनासँग मेरो र मेरो पार्टीका कार्यकर्ताको कुनै सम्बन्ध नभएको बताए। याे उनीविरुद्ध रचिएकाे षड्यन्त्र मात्रै हाे। इमरान खानले अगाडी भने,'मे ९ को घटनाको जिम्मेवारी म कहिल्यै लिने छैन किनभने मेरो विरुद्ध षड्यन्त्र रचिएको थियो। कानून प्रवर्तन एजेन्सीहरूले मेरो विरुद्ध षड्यन्त्र रचेका थिए। सरकारले मलाई र मेरो पार्टीलाई कानुनको घेरामा हाल्न खोजेको छ।' 
 
उनले मे ९ का घटनाहरूमा पीटीआई कार्यकर्ताहरू संलग्न थिए भन्ने कुरामा सहमत हुन नसकेकाे पनि जनाएका छन । किनकि ती घटनाहरूसँग सम्बन्धित षड्यन्त्रका प्रमाणहरू आफूसँग रहेका छन् भन्दै जवाफ दिइएकाे उल्लेख गरिएकाे छ। आफूलाई राजनीतिबाट हटाउनका लागि ती सबै षडयन्त्र गरिएकाे खानले जिकिर गरेका छन्।

Logo