कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

कोशी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा


कोशी प्रदेश सरकारविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा हुने भएको छ । 

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिटको मंगलबार श्रेष्ठको इजलासमा सुनुवाइ हुने भएको हो । 

उक्त रिटमाथिको सुनुवाइको पेशी तोकिए पनि आइतबार र सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

Logo