#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व66139430671489258141465
नेपाल5041

पहिलो हाफमा आर्मी-पुलिस बराबर

काठमाडौं  । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे   त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचकाे पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।

खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कप्तान नीर कुमार राईको फ्रिकिकमा बुद्व बल तामाङले गरेको हेडर टप कर्नरमा गोल हुँदा गोलरक्षक बिकेश कुथुको बचाउने प्रयास सफल हुन सकेन ।

आर्मीका लागि ३५औं मिनेटमा सुमन अर्यालले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । सन्ताेष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।

 

सम्बन्धित समाचारहरु