तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण

तारकेश्वर नगरपालिकाद्वारा वृक्षारोपण


तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षारोपण गरेको छ। नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज रोपिएको छ। साथै वडा नं १ देखि ११ सम्म वृक्षारोपण गर्ने कार्यक्रम रहेको नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए। 

तारकेश्वरका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले जग्गा जथाभावी खण्डिकरण हुँदा यसले वातावरणमा असर पारेको भन्दै वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा कृष्णबहादुर घिमिरेले भने,“वृक्षारोपण अभियान सरकारको हो। यसमा तीन वटै तहका सरकारको सहयोगमा काम भइरहेको छ।”

जनप्रतिनिधिहरुले वृक्षारोपण गर्ने उद्देश्यले फलफूलसहितका पाचँ हजार बिरुवा ल्याइसक्नुभएको र ११ वटै वडामा वृक्षारोपण गरिने उनको भनाइ छ। विरुवाका लागि काठमाडौँ जिल्ला सम्वन्य समिति र जेभी फाउन्डेसनले सहयोग गरेको हो। आजको वृक्षारोपण कार्यक्रममा नगरका जनप्रतिनिधि वडा अध्यक्ष कर्मचारीलगायतको उपस्थिति रहेकाे थियो।

Logo