#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1120626152940343213546355504
नेपाल152593290846143

सागमा पदक विजेता ५६ प्रहरी खेलाडीलाई सम्मान

  • सृजना राई

काठमाडौं,

नेपाल प्रहरी खेलकुद समिति काठमाडौंले आइतबार एक कार्यक्रम आयोजना गर्दै आफ्ना खेलाडीहरुलाई सम्मान गरेको छ । समितिले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ०७६ मा पदक प्राप्त गर्ने नेपाल प्रहरीका खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अथितीमा संगठन प्रमुख तथा प्रमुख महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थिती रहेको थियो । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण पदकसहित जित्दै दोस्रो स्थानमा हात पारेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०६ पदक जितेको मध्ये नेपाल प्रहरीका खेलाडीको तर्फबाट ५६ पदक प्राप्त गरेको थियो । नेपाल प्रहरीका कुल ९२ खेलाडीहरुले १९ खेलमा सहभागिता जनाएका थियो । जसमध्ये १६ स्वर्ण पदक, १४ रजत पदक र २६ कास्य पदक नेपाल प्रहरीका खेलाडीहरुले हासिल गरेका थिए । नेपाल प्रहरीले आफ्ना तिनै ५६ पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गरेको हो । जसमा पुरुष फुटबल तर्फ १ स्वर्ण, महिला फुटबल तर्फ १ रजत, महिला भलिबलतर्फ १ रजत रहेको छ ।

त्यस्तै भारोत्तोलनतर्फ २ स्वर्ण, बक्सिङमा १ स्वर्ण, जुडोमा ३ रजत ५ कास्य, कराँतेतर्फ ७ स्वर्ण ३ रजत र ३ कास्य छन् । यस्तै तेक्वान्दो तर्फ ४ स्वर्ण २ रजत र ५ कास्य छन् । त्यस्तै अन्य खेलमा व्याडमिन्टनमा १ कास्य, टेवल टेनिसमा १ रजत र ४ कास्य, उसुतर्फ १ स्वर्ण, क्रिकेटमा १ कास्य, महिला कबड्डीमा १ रजत, कुस्तीमा १ स्वर्ण साथै महिला बास्केटबलतर्फ १ रजतसहित कुल ५६ पदक विजेतालाई सम्मान प्रदान गरिएको थियो ।

एकल खेल स्वर्ण विजेतालाई जनही १ लाख २५ हजार, रजत विजेतालाई ६० हजार साथै कास्य पदकलाई ३० हजार प्रदान गरिएको छ भने सामुहिक खेल स्वर्ण विजेतालाई ७५ हजार, रजत पदकलाई ४० हजार र कास्य पदकलाई २५ हजार जनही प्रदान गरिएको छ ।

‘खेलाडी भनेको राष्ट्रको मानसम्मान साथै गहना हुन् । यस्तो खालको कार्यक्रमले खेलाडीहरुको सम्मान बढ्नुका साथै खेलाडीहरुमा थप उर्जा, प्रोत्साहन र हौसला मिल्नेछ ।’ कार्यक्रमका प्रमुख अतिथी खनालले भने “खेलाडीहरुले एकदमै अनुशासनका साथ राष्ट्रको गर्व गराउने काम गरेकामा सम्पूर्ण खेलाडीप्रति हार्दिक बधाइ दिन चाहन्छु ।”

सम्बन्धित समाचारहरु

ताजा समाचार