ओडिआईमा खस्कियो नेपालको वरीयता

ओडिआईमा खस्कियो नेपालको वरीयता


नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय ओडिआई वरीयता १ स्थान तल झरेको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सोमबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेर १५ औँ स्थानमा पुगेको हो।
 
नेपालले एकदिवसीय विश्वकप छनोटका ६ खेल मध्ये २ मा मात्र जित हात पारेको थियो।एकदिवसीय विश्वकपमा छनोट भएको नेदरल्यान्ड्सले वरीयता सुधारेपछि नेपाल पछि परेको हो। 

एसोसिएट तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स दोस्रो र नेपाल तेस्रो स्थानमा धकेलिएको छ। नयाँ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया र दोस्रो स्थानमा पाकिस्तान,तेस्रोमा भारत तथा न्युजिल्यान्ड चौँथो स्थानमा छन्।

Logo