प्रचण्डलक्षित ओलीको कटाक्षः ‘पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लठ्याक लठ्याक’

प्रचण्डलक्षित ओलीको कटाक्षः ‘पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लठ्याक लठ्याक’


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै आफ्नो दुई तिहाई नजिकको पार्टी ध्वस्त पारेर कांग्रेसको पछि लागेको आरोप लगाएका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा पार्टीको वाग्मती प्रदेश संगठन कमिटीको सातौ बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई लाज नभएको मान्छे भने । 

‘अहिले एमाले नेकपाको नाउमा दुई तिहाईको स्थितीमा पुगि सकेको थियो । एकता र अरु विस्तारको प्रयास दुई तिहाईमा पुगिसकेको पार्टीलाई विभिन्न नाउमा ध्वस्त पारेर अहिले लठ्याक लठ्याक गर्दै कांग्रेसको पछिपछि, लठ्याक लठ्याक गर्दै अर्कोको पछाडी पछाडी कस्तो लाज नभएको होला ? यो यतिकै भएको होर ?’

कहिले पनि पार्टी भित्र अन्तरद्वन्द्ध मच्चायर, असमझदारी चर्काएर, सेन्टीमेन्टमा मान्छेलाई भड्काएर, गुटबन्दी गरेर जितिन्छ सफल भइन्छ भनेर नसोच्न अध्यक्ष ओलीको सुझाव छ । कहीँ पुग्नको लागि संघर्ष गर्नुपर्ने र विजय हुनको लागि लड्नु पर्ने उनको भनाई छ । 

Logo