#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18817142706694610701412003434
नेपाल2139060617415156

राष्ट्र बैंकले नेशनल गेट वे निर्माण गर्नेदेखि एमसिसी अध्ययन कार्यदलमा भीम रावलसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये अहिले नेपालबाट अन्य देशमा व्यापारिक कारोवार गर्नुपर्यो भने नेपाली बैंकका डेविट कार्डहरु प्रयोग हुँदैनन् । त्यसका लागि विदेशी बैंकको कार्ड चाहिन्छ । नेपालमा नेशनल गेट वे नभएकाले कारोबार हुन नसकेको हो । तर अब छिटै तपाई हामीले बोक्दै आएको डेविट कार्डबाटै अन्य देशमा ब्यापारिक कारोवार हुने भएको छ । नेपाल राष्ट्र बैंकले यही आर्थिक वर्षको अन्त्यसम्म नेशनल गेट वे निर्माण गरी अन्य मुुलुकमा डेविट कार्डमार्फत ब्यापारिक कारोवार सहज बनाउने तयारी गरिरहेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै पार्टी र सरकारवीच फरक मत देखिंदै आएको छ । पछिल्लो पटक अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) का सम्बन्धमा देखिएको तिब्र मतभेद अझै अन्त्य हुन सकेको छैन । हुँदा हुँदा नेकपाबाटै सांसद बनेका सुदन किराँतीले नेकपाबाटै संचार तथा सुचना प्रविधि मन्त्री बनेका गोकुलप्रसाद बाँस्कोटाको राजीनामा समेत माग गरेका छन् ।

यदि तपाई काठमाडौं उपत्यकामा हुनुहुन्छ र चार पाँच दिनको अन्तरालमा कुखुराको मासु किन्न कुनै पसलमा जाँदै हुनुहुन्छ भने मूल्य सुनेर तपाई तिनछक पर्नुहुन्छ । काठमाडौंमा ब्रोइलर कुखुराको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

सत्तारुढ दलभित्रको लामो रस्साकस्सीपछि सभामुखमा निर्वाचित भएका अग्निप्रसाद सापकोटाको कार्यकालप्रति यतिबेला सबैको ध्यान केन्द्रित छ । सत्तापक्ष र प्रतिपक्षविच सन्तुलन कायम गर्दै संसदको भुमिका प्रभावकारी बनाउने चुनौतिपूर्ण दायीत्व रहेको सभामुखको जिम्मेवारी गहन छ । प्रतिनिधि सभाको अन्तरराष्ट्रिय सम्बन्ध समितिले सभामुखलाई बधाई तथा शुभकामना दिन आईतबार राखेको बैठकमा पनि सांसदहरुले संसदको भुमिका प्रभावकारी बनाउन सभामुखलाई शुभकामना दिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको ५ दिनदेखि जारी बैठक आइतबार सकिएको छ । बैठकको अन्त्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिए । बुधबारदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी संचालनमा भइरहेको कमजोरीबारे नेतृत्वसँग असन्तुष्टि पोख्दै गुटबन्दी अन्त्य गर्न दवाब दिएका थिए । केन्द्रीय सदस्यहरुले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि)का सम्बन्धमा पनि पार्टीभित्र गम्भिर छलफलको आवश्यकता औंल्याएका थिए ।

भिडियो यहाँ छ ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार