तोसिमा कार्कीद्वारा स्वास्थ्य मन्त्री मोहन बस्नेतको राजीनामा माग

तोसिमा कार्कीद्वारा स्वास्थ्य मन्त्री मोहन बस्नेतको राजीनामा माग


राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन्।

मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएसँगै उनले राजीनामा मागेकी हुन्।

स्वास्थ्यकर्मीहरुले मन्त्रालयसँग दरबन्दी व्यवस्थापनका लागि आग्रह गर्दै काम गर्न गाह्रो भएर आत्महत्या गरौँ जस्तो भयो, कार्य क्षेत्रको व्यवस्थापन गरिनुस् भनेर मन्त्रालयलाई भनेका थिए। तर मन्त्री बस्नेतले सहयोग गर्नुको सट्टा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कार्की आक्रोशित भएकी हुन्।

पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्कीले नेपालमा हरेक दिन १७-१९ जना युवायुवतीले आत्महत्या गरिरहेको परिप्रेक्ष्यमा तालुकदार मन्त्रीले नै यस्तो अभिव्यक्ति दिनु घातक भएको बताएकी छन्।

Logo