तस्बिरमा सीता दाहालप्रति श्रद्धाञ्जली सभा

तस्बिरमा सीता दाहालप्रति श्रद्धाञ्जली सभा


नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थीव शरीर पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ।  बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। 

श्रद्धाञ्जली सभामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खीलराज रेग्मीसहित विभिन्न राजनीति दलका नेता कार्यकर्ता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको छ।अहिले पनि श्रद्धाञ्जली सभा चलिरहेको छ। 

Logo