#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956875710057609467612152142
नेपाल2139060617415156

ए डिभिजन लिग : जावलाखेलद्वारा ब्रिगेड ब्वाईज पराजित

काठमाडौं ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) क्लबलाई पराजित गरेको छ ।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा सुजितले गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन् ।

लिगमा जावलाखेलको यो चौंथो जित हो । जावलाखेलले १० खेलमा १५ अंक जोडेको छ । जितसँगै जावलाखेल लिगको सातौं स्थानमा उक्लिएको छ । ब्रिगेडले १० खेलमा ८ अंक जोडेको छ । ११ औं स्थानमा रहेको ब्रिगेडको यो छैठौं हार हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार