राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने


राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान १० बजे बस्नेछ। हिजाे स्थगित भएकाे बैठक आज बस्न लागेकाे हाे। संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित हुँदैछ। 

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथी उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ। 

Logo