सांसद श्रेष्ठको चेतावनीः सदन कसरी चल्दो रैछ हामी पनि हेर्छौँ

सांसद श्रेष्ठको चेतावनीः सदन कसरी चल्दो रैछ हामी पनि हेर्छौँ


सांसद भैरव सुन्दर श्रेष्ठले अर्थमन्त्रीले बजेटबारे दिएको जवाफमा चरम अन्तुष्टि पोखेका छन् । 

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले दिएको जवाफमा असन्तुष्टि जनाएका एमाले सांसद श्रेष्ठले यस्तै पाराले सदन चल्न नसक्ने चेतावनी दिएका हुन् । ‘हामी सत्तापक्षका बसेर जे गरे पनि हुन्छ भन्ने अर्थमन्त्री ज्यूलाई लागेको हो भने आगामी दिनमा सदन कसरी चल्दो रैछ त्यो  पनि हामी हेर्छौं ।’उनले भने । 

कुल बजेटको झण्डै ५ प्रतिशत रकम होल्ड गरेर राखिएकोप्रति उनको असन्तुष्टि छ । उनले भने, ‘अर्थमन्त्री ज्यूले बजेटको अभावको कारणले गर्दा दिन सकेनौं भन्नु भयो। तर बजेटको विभिन्न ठाउँमा हेर्दा विविध ७६ अर्ब रुपैयाँ ६९ करोड ८१ लाख विनियोजन गरिएको देखिन्छ । यति ठुलो रकम करिब कुल बजेटको ५ प्रतिशत किन विनियोजन गरेर राखियो । अवन्डा गरेर । अपारदर्शी ढंगले बजेट नराखियोस् । बजेट हरेक मन्त्रालयमा दिनुहोस् ।’

Logo