स्वर सम्राट नारायण गोपालको ‘केही मिठो बात गर’ अब म्युजिक भिडियोमा

स्वर सम्राट नारायण गोपालको ‘केही मिठो बात गर’ अब म्युजिक भिडियोमा


नेपाली सांगीतिक क्षेत्रका अमर नक्षत्र एवं स्वर सम्राट स्व.नारायण गोपाल श्रेष्ठका स्वरमा रहेको ‘केही मिठो बात गर’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

विहीबार काठमाडौंमा नारायण गोपाल फाउन्डेसनले एक कार्यक्रम आयोजना गर्दै म्युजिक भिडियो सार्वजनिक गरेको हो । म्युजिक भिडियो सार्वजनिक गर्दै नारायण गोपाल संगित कोषका अध्यक्ष दिपक केसीले स्व.नारायण गोपाल श्रेष्ठको गीतलाई संरक्षण गर्ने काम गरिरहेको बताएका छन् । 

उनले भने, 'हाम्रो कोषले उहाँको गीतहरुलाई संरक्षण गर्ने कामहरु गरिरहको छ ।  भाईवहिनीहरुलाई प्रोत्साहन गर्न सकियो भने गीत संगीतको क्षेत्रलाई अगाडि लैजान सकिन्छ भन्ने उहाँको सपना पूरा गर्न हामीले काठमाडौं महानगरपालिकासंग मिलेर भवन बनाईरहेका छौं । जहाँ गीत भोकल संगै क्लासिकल गीतहरु सिकाईरहेका छौं ।' 

सुब्रत आचार्यको निदेशनमा बनेको उक्त म्युजिक भिडियोमा केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ ।

Logo